नियम ३२
निवेदन दिनुपर्ने
ऐनको दफा १६ को उपदफा (१) बमोजिम जलस्रोत उपयोगको लागि अरू कसैको घर जग्गा उपयोग गर्न वा प्राप्त गर्न आवश्यक परेमा अनुमतिपत्र प्राप्त व्यक्तिले नेपाल सरकार समक्ष अनुसूची–१० बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ ।